कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापामा दुवै हात बाँधेर हत्या गरेको अवस्था महिलाको शव फेला

अर्जुन राजवंशी

बिर्तामोड — झापाको गौरादह नगरपालिकामा एक महिलाको हत्या भएको छ । दुवै हात बाँधेको अवस्थामा ६५ वर्षीया पार्वता भण्डारीको शव गौरादह-१ स्थित आफ्नै घरभित्रको खाटमुनि फेला परेको छ ।

घरमा एक्लै रहेको अवस्थामा महिलाको हत्या भएको मृतकका देवर खगेन्द्र भण्डारीले जानकारी दिए । घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय विराटनगरबाट विशेष सुरक्षा टोली र धरानबाट तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीले बताए ।

घटना भएको गौरादहस्थित घरमा सोमबार बिहान साढे ११ बजेतिर मात्र मृतक र उनका श्रीमान भीम भण्डारी आइपुगेका थिए । भण्डारी दम्पतीको पुरानो घर कमल गाउँपालिका १ ढ्याङग्री भन्ने स्थानमा रहेको छ । उनीहरु नातिनातिना पढाउनका लागि ५ वर्ष अघिदेखि गौरादहमा घर किनेर बसोबास गर्दै आएका थिए । कोरोनाका कारण विद्यालय बन्द भएपछि करिब ३ महिनादेखि उनीहरु ढ्याङग्रीस्थित घरमा बस्दै आएका थिए ।

‘आज (सोमबार) मात्र दाजु–भाउजु ढ्याङग्रीबाट गौरादह आउनु भएको थियो,’ मृतकका कान्छा देवर खगेन्द्रले भने,‘आएर दुवै जनाले घर सरसफाई गर्नु भएको रहेछ । त्यसपछि दाजु गौरादह बजारतिर निस्किनु भएछ । करिब ४ बजेतिर फर्किदा भाउजुको हत्या भएको अवस्थामा शव फेला परेको हो ।’

प्रकाशित : आश्विन १२, २०७७ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?