कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटामा १३ प्रहरीसहित १९ जनालाई काेराेना

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटामा शनिबार १३ प्रहरीसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनकुटामा १३ प्रहरीसहित १९ जनालाई काेराेना

संक्रमण पुष्टि हुनेहरुमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १३ प्रहरी र दुरसञ्चार प्राधिकरणमा कार्यरत ४ जना र धनकुटा बजारका २ जना सर्वसाधारण रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईंले जानकारी दिए ।

संक्रमित प्रहरीहरु हालै विराटनगरबाट सरुवा भएर आएको जनाइएको छ । यसअघि एकै पटक सरुवा भएर आएका अन्य २ जना प्रहरीमा पनि संक्रमण पुष्टि भइसकेको छ । जिल्लामा एकैदिन संक्रमण पुष्टि भएको यो नै सबैभन्दा ठूलो संख्या हो ।

जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या ३९ पुगेको छ । जसमध्ये १७ जना निको भइसकेका छन् । दुई जनाको मोरङको गोठगाउँस्थित कोभिड अस्पताल र एक जनाको विराटनगरस्थित कोभिड अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : भाद्र १३, २०७७ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?