संखुवासभामा एक साता निषेधाज्ञा

दीपेन्द्र शाक्य

संखुवासभा — कोभिड–१९ संकट व्यवस्थापन समितिले संखुवासभामा ७ दिन निषेधाज्ञा जारी गरेको छ । शुक्रबार राति १२ बजेपछि भदौ १८ गतेसम्म पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए।

निषेधाज्ञामा सवारी साधन र बजार बन्दका साथै अत्यावश्यकबाहेक हिँडडुल बन्द गरिने छ । अत्यावश्यक सेवाका सवारी साधन भने चल्नेछन् । सरकारी कार्यालय, सार्वजनिक संस्थाहरु सकभर विद्युतीय माध्यामबाट गर्न प्रशासनले आग्रह गरेको छ । साप्ताहिक हाटबजार पनि पूर्णरुपमा बन्द गरिएको छ ।

संखुवासभामा शुक्रबार पनि कोरोना संक्रमण थपिएपछि कोभिड–१९ संकट व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । यसअघि प्रशासनले १० दिन यो जिल्ला लकडाउन गरेको थियो ।

प्रकाशित : भाद्र १२, २०७७ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?