कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उदयपुरमा निषेधाज्ञा हट्यो

डिल्लीराम खतिवडा

उदयपुर — कोरोना भाइरस संक्रमणको अवस्था तत्काललाई स्थिर देखिएपछि जिल्लाका वेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिकामा १५ दिनयता जारी निषेधाज्ञा हटाइएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बिहीबारको संयुक्त बैठकले सीमामा कडाई गर्दै शनिबार (भदौ १३) देखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । 

कोरोना संक्रमणको अवस्था जटिल बन्दै गएका छिमेकी सुनसरी, सिरहा, सप्तरी जिल्लासँग जोडिएका नाकामा बाहिरी आगमनलाई ठप्प पार्ने र सरकारले रोक लगाएका बाहेकका व्यापार, व्यवसायलाई सुचारु गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।‘उदयपुर प्रवेश गर्ने मुख्यनाका बेलकाको कोठु र आम्बासी, चौदण्डीगढीको सिवाइ, त्रियुगाको लालपत्ता र कटारी नगरपालिकाको बेलसोतमा आवगमन कडाई गरिनेछ’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भने , ‘ती नाका प्रत्यक्षरुपमा तराईका जिल्लासँग जोडिएकाले सवारी तथा सर्वसाधरणको आवागमनलाई ठप्प पारीने छ ।’ अन्य व्यवसाय संघीय सरकारले तोकेको मापदण्डअनुसार खोलिने उनले बताए ।

कोरोना भाइरसको जोखिम रहे पनि सर्वसाधरणको दैनिकीलाई सहज बनाउन निषेधाज्ञा हटाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी शशिकुमार लम्सालले बताए । मालपोत कार्यालयका ७ जना कर्मचारी र बेलका नगर क्षेत्रमा समुदायस्तरमा कोरोना भाइरस संक्रमण देखिएसँगै स्थानीय प्रशासनले पहिलोपटक साउन २८ राति १२ बजेदेखि भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

प्रकाशित : भाद्र ११, २०७७ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?