कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

शरीर बन्धक मुद्दामा गाउँपालिका अध्यक्ष पक्राउ

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का शरीर बन्धक अभियोगमा शुक्रबार पक्राउ परेका छन् ।

शरीर बन्धक मुद्दामा गाउँपालिका अध्यक्ष पक्राउ

गाउँपाकिलाबाट रकम विनियोजन भएको योजनामा उपभोक्ता समितिका अध्यक्षलाई शरीर बन्धक बनाई जबरजस्ती चेकमा दस्तखत गर्न लगाएको अभियोगमा खड्कालार्ई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले जानकारी दिएका छन् ।

शुक्रबार धोविबाट प्रहरीले नियन्त्रणमा लिएका खड्काको प्राथमिक स्वास्थ्य परीक्षण गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न रामेछाप जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

लिखु तामाकोशी गाउँपालिकाको गत आर्थिक बर्ष धोविबजार क्षेत्रमा सडक र नाला सुधारका लागि विनीयोजित २५ लाख रकमबाट निर्माण कार्य गरेका उपभोक्ता समितिका अध्यक्ष दर्पण लामाले अध्यक्ष खड्काविरुद्ध शरीर बन्धक जाहेरी गरेका थिए ।

प्रहरी नायब उपरिक्षक पाठकका अनुसार खड्काविरुद्ध अन्य जाहेरी पनि प्रहरीमा परेका छन् । गाउँपालिकालाई आवश्यक पर्ने जग्गा भनेर स्थानीय शेरबहादुर खड्कासँग २१ रोपनी जग्गा आफ्नी बहिनीको नाममा पारित गराएकोसमेत जाहेरी परेको प्रहरीले जनाएको छ । अध्यक्ष खड्का नेकपाबाट निर्वाचित हुन् ।

प्रकाशित : श्रावण ३०, २०७७ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?