कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ मा थप ९८ जनामा कोरोना संक्रमण

विराटनगर महानगरमा ५० संक्रमित थपिए
देवनारायण साह

मोरङ — प्रदेश १ मा मंगलबार एकै दिन ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमित मध्ये विराटनगर महानगरपालिकाका ५० जना छन् ।

प्रदेश १ मा थप ९८ जनामा कोरोना संक्रमण

३४ महिला र ६४ पुरुषसहित ९८ जनामा संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपिएका नयाँ संक्रमितहरुमा मोरङका ६१, सुनसरीका १८, उदयपुरका १५, झापाका २, इलाम र ताप्लेजुङका १/१ जना छन् ।

प्रदेशमा हालसम्म संक्रमितको संख्या १ हजार ५ सय ६३ पुगेको छ । जसमा १ हजार १४ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

अहिले रहेका ५ सय ४९ संक्रमितमध्ये २ सय ६३ जना कोभिड-१९ अस्पताल र आइसोलेसन केन्द्रमा भर्ना छन् भने बाँकी २ सय ८६ जना संक्रमित आइसोलेसन शय्या अभावमा आ–आफ्नै घरमा बस्न बाध्य छन् ।

यस प्रदेशमा मंगलबारसम्ममा ५६ हजार ४ सय १६ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित : श्रावण २७, २०७७ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?