कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी प्रतिष्ठानमा भोलिदेखि ओपीडी बन्द

देवनारायण साह

मोरङ — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबारदेखि ओपीडी सेवा बन्द गर्ने भएको छ । प्रतिष्ठानले मंगलबार विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएको हो ।

बीपी प्रतिष्ठानमा भोलिदेखि ओपीडी बन्द

सहायक अस्पताल निर्देशक डा. विकास साहले जारी गरेको विज्ञप्तिमा धरान उपमहानगरले ७ दिनका लागि लकडाउन गरेको र प्रतिष्ठान परिसरमा पनि संक्रमण पुष्टि भएकाले अन्य व्यक्तिमा फैलिन नदिन अर्को सूचना जारी नहुन्जेललाई ओपीडी सेवा बन्द गरिएको उल्लेख छ ।

प्रतिष्ठानमा अहिलेसम्म दुई विशेषज्ञ चिकित्सक, एक इन्टर्न चिकित्सक, दुई विद्यार्थीसहित ११ जनामा संक्रमण पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले बताए ।

प्रकाशित : श्रावण २७, २०७७ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?