कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना निको भएर विराटनगरकी ९० वर्षीया घर फर्किन्

देवनारायण साह

मोरङ — कोरोना संक्रमित विराटनगर-६ की ९० वर्षीया वृद्धा ११ दिनमै निको भएर बुधबार घर फर्केकी छन् । कोरोना संक्रमण पुष्टि भएपछि उनी साउन १० गते कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएकी थिइन् ।

कोरोना निको भएर विराटनगरकी ९० वर्षीया घर फर्किन्

कोसी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले उच्च रक्तचाप, मधुमेह, नसा र पिसाबसम्बन्धी दीर्घ रोगी ९० वर्षीया वृद्धा ११ दिनमै निको भएर घर फर्किएको बताए ।

बुधबार ९० वर्षीया वृद्धासहित बुधबार उपचार केन्द्रबाट २१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मोरङका ११, इलामका ६, झाप, तेह्रथुम, सुनसरी र उदयपुरको १/१ जना डिस्चार्ज भएको दासले बताए ।

यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँस्थित आइसोलेसन अस्पतालबाट बुधबार ३६ जना डिस्चार्ज भएका छन् । मोरङका १५, झापाका १५, सुनसरीका ५ र धनकुटाको १ जना संक्रमण निको भएपछि डिस्चार्ज भएको उक्त अस्पतालका फोकल पसर्न नविन भट्टराईले बताए ।

प्रकाशित : श्रावण २१, २०७७ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?