कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंकभित्रै कर्मचारीद्वारा आत्महत्या

कान्तिपुर संवाददाता

मोरङ — विराटनगर-७ स्थित सनराइज बैंकको शाखा कार्यालयमा कार्यरत एक युवतीले कार्यालयभित्रै बुधबार आत्महत्या गरेकी छन् ।

बैंकको कर्जा शाखामा कार्यरत विराटनगर-८ की २४ वर्षीया सनाज खतिवडाले विष सेवन गरि आत्महत्या गरेको मोरङ प्रहरीले बताएको छ ।

विष सेवन गरी बैंकको स्टोर शाखातिर अचेत अवस्थामा रहेकी खतिवडालाई कर्मचारीहरुले उपचारका लागि नोबेल अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले बताए । अस्पतालमा उनलाई चिकित्सकरुले मृत घोषणा गरेका थिए ।

खतिवडाले विषादी सेवन गरेको र हातको नसासमेत काटेको डीएसपी थापाले बताए । ‘घटनास्थलबाट ‘लुवान’ नामको विषादी र ब्लेड बरामद भएको छ,’ उनले भने, ‘खतिवडाको घरमा सुसाइड नोट समेत भेटिएको छ ।’

घट्नाको प्रकृति हेर्दा आत्महत्या गरेको देखिएको र अहिले बैंकको सीसी टिभी फुटेज लिएर अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : श्रावण २१, २०७७ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?