इलामबाट तालिमका लागि झापा आएका ३ जना सशस्त्र प्रहरीलाई कोरोना

पर्वत पोर्तेल

काँकडभिट्टा — इलामबाट तालिमका लागि झापा आएका ३ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण भएको छ ।

उनीहरु केही दिनअघि सशस्त्र प्रहरीको तालिम केन्द्र दमक, पाडाजुँगी आएका थिए । यसअघि सीमा नाकामा खटिएका सशस्त्र प्रहरीका दुई जवानलाई साउन ७ मा र १८ जना सशस्त्रलाई साउन ९ मा कोरोना संक्रमण भएको थियो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंका अनुसार बिहीबार संक्रमित झापाका चारमध्ये एक जना दमक–५ की महिला हुन् । उनी भारतबाट आएर होम क्वारेन्टाइनमा थिइन् ।

कोरोना संक्रमित चारै जनालाई उपचारमा लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

झापामा संक्रमितको संख्या ३ सय ५५ पुगेको छ । ३ सय ४ जना उपचारपछि फर्किएका छन् ।

प्रकाशित : श्रावण १५, २०७७ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्

एनसेलको अनलाइन कक्षा लक्षित अफर

कान्तिपुर संवाददाता

काठमाडौँ — एनसेल र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यअनुरूप एनसेलले विशेष मासिक योजना प्रदान गर्नेछ । यो योजनामा भ्वाइस, डेटा र एसएमएसमा बन्डलसहितको सेवा लिन सकिन्छ ।

प्रकाशित : श्रावण १५, २०७७ १८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×