कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ बाट ४२ संक्रमित निको भएर घर फर्किए

कान्तिपुर संवाददाता

मोरङ — कोभिड १८ अस्पतालबाट प्रदेश १ का ८ जिल्लाका ४२ जना संक्रमित निको भएर बिहीबार डिस्चार्ज भएका छन् ।

प्रदेश १ बाट ४२ संक्रमित निको भएर घर फर्किए

कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट ३४, कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट २ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ६ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा मोरङका ११, झापाका ७, ओखलढुंगाका १०, इलामका ४, सोलुखुम्बुका ३, सुनसरीका ४, तेह्रथुमका २ र उदयपुरका १ जना रहेका स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

प्रदेश १ मा निको भएर हालसम्ममा ७ सय ८९ जना संक्रमित घर फर्केको उनले बताए । प्रतिष्ठानमा उपचारका क्रममा सुनबर्षी ८ का एक ४५ वर्षीय पुरुषको बुधबार साँझ मृत्यु भएको छ ।

प्रकाशित : श्रावण १५, २०७७ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?