कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्माण सम्पन्‍न भएको महिना दिन नपुग्दै भत्कियो पर्खाल

एलिसा श्रेष्ठ

भोजपुर — निर्माण सम्पन्न भएको महिनादिन नपुग्दै भोजपुर नगरपालिका–७ कोदारस्थित नयाँ बासपार्कको पर्खाल भत्किएको छ । निर्माणका क्रममा लापारबाही र कमसल सामग्रीको प्रयोग गरिँदा पर्खाल भत्किएको स्थानीयले बताएका छन् ।

निर्माण सम्पन्‍न भएको महिना दिन नपुग्दै भत्कियो पर्खाल

भोजपुर नगरपालिकाले आफ्नै मातहतमा निर्माण समिति बनाएर जेठ अन्तिम साताबाट पर्खालको काम सुरु गरेको थियो । सम्झौता अनुसार पर्खाल निर्माणका लागि प्रदेश सांसद कोषबाट १९ लाख बजेट छुट्टयाइएको थियो । प्राविधिक इस्टिमेट नै लापरबाही भएकाले पर्खाल महिनादिन पनि नटिकेको स्थानीयको गुनासो छ ।

लाखौं खर्च गरेर निर्माण गरिएको बसपार्कको पर्खाल महिनादिन पनि नटिकेपछि बजेटको दुरुपयोग भएको स्थानीय विवेक राईले बताए । पहुँचका आधारमा मनोमानी ढंगले काम सकेको उनको भनाइ छ । उनले भने, ‘निर्माणका कामहरु पहुँचका आधारमा दिँदा गुणस्तरहीन काम भएको छ ।’

यता नगरपालिका भने अविरल वर्षाका कारण बसपार्कको पर्खाल भत्किएको बताएको छ । नगरपालिकाका मेयर कैलाश कुमार आलेले भने, ‘पुरुवा माटोमा निर्माण गरिएको पर्खाल निरन्तरको वर्षातले भत्काएको छ, हामीले प्राविधिकसँग बुझ्दा इस्टिमेट अनुसार नै काम सम्पन्न भएको जानकारी पाएका थियौँ ।’

निर्माण समितिका अध्यक्ष टेक भण्डारीले प्राविधिक इस्टिमेट नै गलत भएको बताए । उनका अनुसार पुरानो पर्खालमा नगरपालिकाका प्राविधिकले पर्खाल लगाउने इस्टिमेट गरेकाले पर्खाल भत्किएको हो ।

प्रकाशित : श्रावण १२, २०७७ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?