एलिसा श्रेष्ठ

एलिसा श्रेष्ठका लेखहरु :

लगानीअनुसार छैन खेलमा प्रतिफल 

सदरमुकामस्थित टुँडिखेलमा ०३० सालयता नै सानाठूला खेलकुद हुन्थे । जिल्लास्तरीय फुटबल र विभिन्न विद्यालयस्तरका एथलेटिक्स खेलहरू आयोजना गरिन्थ्यो । ०६९ सालमा गोल्डकप फुटबल पनि आयोजना भयो । उक्त गोल्डकपयता जिल्लामा कुनै ठूला प्रतियोगिता आयोजना भएनन् ।

हतुवागढी गाउँपालिका उपाध्यक्ष राईको निधन

हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको शुक्रबार राति निधन भएको छ । हतुवागढी –४ फलामढुङगाकी ४७ वर्षीया उपाध्यक्ष राईको शुक्रबार राति ३ बजे निधन भएको हो । भदौ २९ गतेदेखि सामान्य ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचारका लागि भर्ना गरिएकी उनमा जन्डिस र रक्तचापको कमी देखिएको थियो ।

भोजपुरका डेढ दर्जन सडक ठप्प

निरन्तरको वर्षापछि आएको पहिरोले भोजपुरका अधिकांश ग्रामीण सडकहरू अवरुद्ध भएका छन् । डेढ दर्जनभन्दा बढी सडकखण्डमा पहिरो खसेपछि यातायात ठप्प भएको हो ।

बिरामीलाई स्ट्रेचर र ट्रयाक्टरको भर

भोजपुरका साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका र रामप्रसाद राई गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीले स्ट्रेचर र ट्रयाक्टरको भर पर्नुपरेको छ ।

कर्मचारी नियुक्तिमा प्रधानाध्यापकको मनोमानी, परीक्षा मर्यादित नभएको गुनासो

प्रधानाध्यापकले मनोमानी ढंगबाट अमर्यादित परीक्षा गराएर कर्मचारी नियुक्ति गरेको खुलेको छ । रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङस्थित स्थानीय बेहेरेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेश्वर पौडलले लेखापाल दरबन्दीको कर्मचारी नियुक्तिमा मनोमानी गरेको खुलेको हो ।

१५ दिनका लागि भोजपुरका नाका सिल

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै भोजपुरका सबै सिमा नाका सिल गरिएका छन् । संक्रमणको जोखिम न्यूनिकरण गर्न जिल्ला प्रवेश गर्ने सबै नाकाहरु १५ दिनका लागि सिल गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

विराटनगरबाट सरुवा भएर भोजपुर आएका ३ जना प्रहरीलाई कोरोना

जिल्लाको पूर्वी अरुण गाउँपालिका–६ जरायोटारस्थित होल्डिङ एरियामा रहेका ३ प्रहरीमा कोरोना पुष्टि भएको छ । भदौ २ गते विराटनगरबाट सरुवा भएर भोजपुर आएका सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष रहेका छन् ।

भोजपुरमा वडाध्यक्षद्वारा वृद्धमाथि कुटपिट

साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेका छन् । वडाध्यक्षको कुटाइबाट घाइते भएका वृद्धको थप उपचारका लागि विराटनगर पठाइएको छ ।

भोजपुरमा बाढीले घर बगायो, तीन जना घाइते

षडानन्द नगरपालिका–२ कुदाकाउलेमा मंगलबार बाढीले घर बगाएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय अमृत घले, उनकी श्रीमती अनिशा र १८ महिनाकी छोरी आयुषा घाइते भएका हुन् ।