कोसी अस्पतालबाट १२ जना संक्रमित डिस्चार्ज

कान्तिपुर संवाददाता

मोरङ — विराटनगरस्थित कोसी अस्पतालको कोभिड-१९ उपचार केन्द्रबाट १२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

मोरङका ६, इलामका २, झापाका ३ र तेह्रथुमकी एक महिला डिस्चार्ज भएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

प्रदेश १ मा हालसम्म ७ सय ४७ जना संक्रमित निको भएर घर फर्किसकेको उनले बताए ।

प्रकाशित : श्रावण ११, २०७७ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्

सरिता गिरीको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

'पार्टीले विधानअनुसार नै कारबाही गरेको देखिन्छ'
कृष्ण ज्ञवाली

काठमाडौँ — सर्वोच्च अदालतले सरिता गिरीको सांसद पद खारेज हुने गरी उनको पार्टीले गरेको निर्णयमा अन्तरिम आदेश जारी गर्न आवश्यक नरहेको आदेश गरेको छ । 

पार्टीको विधान र कानूनअनुसार नै उनलाई कारबाही गरिएको देखिएको भन्दै न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले बाँकी विषयमा मुद्दाको निरुपणका क्रममा नै व्याख्या गरिने भनी आदेश गरेको हो ।

संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी समाजवादी पार्टीले मतदान गर्न दिएको ह्विप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टीले साधारण सदस्य नरहनेगरी कारबाही गरेको थियो । पार्टी सदस्य नरहेपछि उनी सांसदबाट पदमुक्त भएकी थिइन् । पार्टीले आफूलाई गरेको कारबाही विरुद्ध गिरी सर्वोच्च गएकी थिइन् ।

प्रकाशित : श्रावण ११, २०७७ १८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×