चन्द समूहका पूर्वी कमान्ड सैन्य इन्चार्ज मोरङबाट पक्राउ

मोरङ — प्रतिबन्धित चन्द समूहको पूर्वी कमाण्डको सैन्य इन्चार्ज हतियारसहित मंगलबार उर्लाबारीबाट पक्राउ परेका छन् । कालिकोटको फेनेली घर भई हाल मोरङको उर्लाबारी–३ मंगलबारे बस्दै आएका ४० वर्षीय जोखिम र नन्दकिशोर भन्ने नन्दबहादुर बोहोरालाई पक्राउ गरेको हो ।

चन्द समूहका पूर्वी कमान्ड सैन्य इन्चार्ज मोरङबाट पक्राउ

प्रदेश १ प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले बोहोरालाई मंगलबारेस्थित उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनको घरबाट कटुवा पेस्तोल १ थान, थ्री नट थ्री राइफलको गोली ३ थान, सकेट बम १ थान, इलेक्ट्रिक डेटोनेटर केवलसहित १ थान, लिथिएम ब्याट्री ४ थान, एनटीसीको सिम ७ थान, एनसेलको सिम २ थान, मोबाइललगायतका कागजपत्र बरामद भएको डीएसपीले राईले बताए ।

बोहोरा पथरी शनिश्चरे–१ स्थित पूर्व–पश्चिम राजमार्गमा २०७४ चैत ११ गते सुतली बम राखेको, ०७६ जेठ २ गते सुन्दरहरैचा ७ स्थित पूर्व–पश्चिम राजमार्गमा प्रेसर कुकर बम राखेको, मिक्लाजुङ गाउँपालिका १ साकेलाथानमा किसानचोक–टाडी–रमिते सडक निर्माणमा प्रयोग भएको ३ वटा एक्स्काभेटरमा बम विस्फोट गरी आगजनीलगायतका ८ वटा घटनाका फरार प्रतिवादी रहेको डीएसपी राईको भनाइ छ ।

प्रकाशित : असार ३१, २०७७ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?