कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ को प्रहरी विधेयक सर्वसम्मतिले पारित

मोरङ — प्रदेश १ सभाले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक सोमबार सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेश १ को प्रहरी विधेयक सर्वसम्मतिले पारित

उक्त विधेयकमा संशोधनका लागि प्रमुख प्रतिपक्षी दलका लोकप्रसाद संग्रौला र शिवनारायण गनगाई, सत्तारुढ दल नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, उमिता विश्वकर्मालगायतले प्रदेशसभामा प्रस्तुत गरेका थिए ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले उक्त विधयेकमाथिको संशोधन प्रस्ताव फिर्त्ता लिन आग्रह गरेपछि सबैले फिर्त्ता लिएका थिए ।

‘नयाँ प्रहरी महानिरीक्षक आएसँगै प्रहरी समायोजन प्रक्रिया सुरु हुने अवस्थामा ऐन पारित गरेर नियमावली, निर्देशिकासमेत निर्माण गर्नुपर्ने हतारो छ,’ मन्त्री कार्कीले भने, ‘संशोधन प्रस्तावमा उल्लेख भएका अधिकार प्राप्तिका लागि क्रमिक रुपमा संघीय सरकारसँग सबै एकजुट भएर संघर्ष गर्नु अहिलेको आवश्यकता हो ।’

मन्त्री कार्कीको आग्रहमा सबै जनाले संशोधन प्रस्ताव फिर्त्ता लिएपछि सर्वसम्मतिले पारित गरेको छ ।

प्रकाशित : असार २९, २०७७ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?