कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली भारुसहित ३ पक्राउ

पर्वत पोर्तेल

काँकडभिट्टा — प्रहरीले नक्कली भारुसहित ३ जनालाई पक्राउ गरेको छ ।

नक्कली भारुसहित ३ पक्राउ

१ लाख ६४ हजार ९ सय नक्कली भारुसहित झापा प्रहरीले कनकाई ३ सुरुंगाका मौसम श्रेष्ठ, कनकाई ४ का खुर्सेद मियाँ र झापा गाउँपालिका ५ का एराजुल हकलाई शनिबार पक्राउ गरेको हो ।

आरोपीहरुलाई इलाका प्रहरी कार्याललय अनारमनीमा राखेर अनुसन्धान भइरहेको एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

आरोपीलाई खोटाचलन सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : असार २८, २०७७ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?