कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मास्क नलगाई हिँड्ने खोटाङका १८० जना प्रहरीको नियन्त्रणमा  

डिल्लीराम खतिवडा

उदयपुर — खोटाङमा मास्क नलगाई हिँड्ने १ सय ८० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीन दिनयता सदरमुकाम दित्तेल बजारसहित जिल्लाका विभिन्न क्षेत्रमा मास्क नलगाई हिँडदै गरेकालाई नियन्त्रणमा लिइएको हो । बिहीबारमात्रै १ सय ३९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मास्क नलगाई हिँड्ने खोटाङका १८० जना प्रहरीको नियन्त्रणमा  

लकडाउन नियमको पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाई हिँडनेलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए । ‘लडकडाउन नियमको पालन गर्दै मास्क लगाउन आग्रह गरियो,’ प्रहरी नायब उपरीक्षक चिमोरीयाले भने, ‘पटकपटक गरिएको आग्रहलाई वास्ता नगरेपछि सदरमुकाम दिक्तेल बजारलगायत जिल्लाका विभिन्न स्थानबाट निन्त्रणमा लिइएको हो ।’ नियन्त्रणमा लिइएका सर्वसाधरणलाई २/३ घण्टा राखेर कोरोना संक्रमण र त्यसले पार्ने प्रभाव, मास्कको प्रयोगबारेमा जनचेतनामूलक कार्यक्रम गरेर छोडिएको प्रहरी नायब उपरीक्षक चिमोरीयाले बताए ।

कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारीसाधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउने र सामाजिक दूरीलाई पालन आग्रह गरेको छ । तर सर्वसाधारणले सरकारी आग्रहलाई बेवास्ता गरेकाले पक्राउ गरी सचेतना गराएर छोडेको प्रहरी नायब उपरीक्षक चिमोरियाले बताए ।

संक्रामक रोग ऐन २०२० को दफा ३ मा संक्रमक रोग सम्बन्धी नियम उल्लंघन गरे १ सय रुपैया जरिवाना वा १ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । सोही दफामा नियम पालना गराउने क्रममा काममा अवरोध पुर्‍याए ६ सय रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

प्रकाशित : असार २५, २०७७ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?