कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

काँकडभिट्टा — झापामा आइतबार राति मोटरसाइकल दुर्घटनामा ३३ वर्षीय प्रहरी जवान वीरप्रसाद अधिकारी (वीरु) को मृत्यु भएको छ ।

उदयपुर घर भएका अधिकारी इलाका प्रहरी कार्यालय काँकडभिट्टाको मुद्धा फाँटमा कार्यरत थिए । काम विशेषले मोटरसाइकलमा बिर्तामोड जाने क्रममा सुगम पेट्रोल पम्प नजिकै दुर्घटना भएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीसँगै सवार प्रहरी हवल्दार ज्ञाननाथ तिम्सिनाको बीएण्सी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : असार २२, २०७७ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?