विदेशीलाई नागरिकता र राहदानी दिने अधिकृत पक्राउ- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशीलाई नागरिकता र राहदानी दिने अधिकृत पक्राउ

कान्तिपुर संवाददाता

काँकडभिट्टा — २०७२ असार १० मा झुटो विवरण पेस गरी विदेशी नागरिकलाई नागरिकता र राहदानीसमेत बनाइदिएको आरोपमा जिल्ला अदालत झापाबाट वारेन्ट जारी भएका एक अधिकृत काठमाडौंको गठ्ठाघरमा पक्राउ परेका छन् । 

अदालतले वारेन्ट जारी गरेका जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक साकारराज पन्तको टोलीले शनिबार गठ्ठाघरबाट पक्राउ गरेको थियो ।

आरोपलाई आवश्यक कारबाहीका लागि आइतबार जिल्ला अदालत झापामा पेस गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित : असार २१, २०७७ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्

परीक्षण सफल भए २ महिनापछि मेलम्चीको पानी काठमाडौं आउने 

कान्तिपुर संवाददाता

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाएर परीक्षण थालिएको छ । अस्थायी संरचनाबाट पानी पठाएर सुरुङको परीक्षण थालिएको खानेपानी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री बिना मगरले मेलम्चीका लागि तयार पारिएका अस्थायी संरचना निर्माण पुरा भएको बताएकी छन् । दन्त्य कथाजस्तै बनेको मेलम्ची अब सञ्चालनमा आउने उनले दाबी गरेकी छन् ।

'प्राविधिक र सामाजिक रूपमा चुनौती थिए । राजनीतिक रूपमा हाम्रो टाउकोमा जिम्मेवारी थोपर्ने काम पनि गरिएको थियो,' उनले भनिन्, 'मेलम्चीलाई विफल आयोजनाको रफमा हेर्ने गरिन्थ्यो । त्यस्तो अवस्थाको अन्त्य भएको छ ।'

पानी पथान्तरणको काम सुरु भएको र छिट्टै उद्घाटनको मिति सार्वजनिक गर्ने मन्त्री मगरले बताइन् । उनले ठेकेदार कम्पनी र प्राकृतिक रूपमा समस्या देखिए पनि अहिले भने त्यस्ता समस्या नरहेको दाबी गरिन् । 'छिट्टै खानेपानी आयोजना उद्घाटन गरेर जनताको उपभोगका लागि वितरण गर्नेछौं,' उनले भनिन् ।

मन्त्रालयका सचिव माधव बेल्बासेले परीक्षणका लागि पानी सुरुङमा पठाइएको र तीन तहमा निरीक्षण भइरहेको जानकारी दिए । मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेस खत्रीले कोरोना भाइरसको संक्रमणकाबीच पनि नियमित काम गरेर सुरुङ परीक्षण गर्ने स्थितिमा आएको बताए ।

उनले परीक्षण अहिलेको अवस्थामा नै सफल भएमा अबको भदौ अन्तिमबाट जनताको उपभोगका लागि वितरण गरिने बताए । यसअघि सुरुङलाई विभिन्‍न चरणमा विभाजन गरेर परीक्षण गरिएको र आइतबार बिहानदेखि पुरै टनेल परीक्षण थालिएको बताए ।

मेलम्चीको हेडवर्क्स निर्माणको कार्य तत्काल पुरा नभएको खत्रीको भनाइ थियो । पुससम्म हेडवर्क्स निर्माणको काम सम्पन्‍न गर्ने ठेक्का सम्झौता भएपनि त्यसभन्दा अगावै सकिने सम्भावना रहेको उनले बताए ।

अहिले सुरुङमा प्रति सेकेन्ड २६० लिटरका दरले पानी पठाइएको बताउँदै खत्रीले यही दरमा पानी पठाउँदा सुरुङ भरिन २० दिनसम्म लाग्‍ने बताए । २६ किलोमिटर लामो सुरुङमा हावा बाहिर निकाल्दै पानी भरिँदै गरिएको बताइएको छ ।

पानी भरेपछि एक हप्ता त्यत्तिकै राखिने र त्यसपछि १५ देखि २० दिनसम्म लगाएर निकास गरिने आयोजनाले बताएको छ । त्यसपछि सुरुङभित्र निरीक्षण गरेर समस्या नदेखिएमा फेरि पानी भरेर जनताको उपभोगको लागि वितरण गरिने बताइएको छ ।

प्रकाशित : असार २१, २०७७ १६:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×