खोलाले बगाएर महिलाको मृत्यु

कान्तिपुर संवाददाता

मोरङ — रतुवामाई नगरपालिका ५ गोविन्दपुरकी महिलालाई बक्राहा खोलामा आएको बाढीले बगाएर मृत्यु भएको छ । 

स्थानीय ५५ वर्षीया मायादेवी साहको मृत्यु भएको हो । बक्राहामा गाईबस्तु चराउन गएको बेला अचानक आएको बाढीले बगाएर बेपत्ता भएको उनको शव तीन किलोमिटर दक्षिण खोलाको डिलमा बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १२, २०७७ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्

२४ घन्टामा ४८ जना डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घन्टामा ४८ डिस्चार्ज भएका छन् ।

तस्बिरः सटरस्टक ।

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मोरङका २० जना, सुनसरीका १ जना, कोभिड १९ कमाण्ड अस्पताल बलम्बुबाट सोलुखुम्बुका १ जना, बाराका १ जना, रौटहटका १ जना, पाटन अस्पतालबाट रामेछापका १ जना, काठमाडौंका २ जना, महिला विकास कार्यालय तम्घासबाट गुल्मीका १३ जना, महेन्द्र मावि तम्घासबाट गुल्मीका ४ जना, मालिका माविबाट गुल्मीका १ जना, जलेश्वर अस्पतालबाट महोत्तरीका ३ जना डिस्चार्ज भएका हुन् । यो सँगै निको हुनेको संख्या २ हजार ६९८ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ९० हजार ३४९ नमुना परीक्षण भएका छन् । २४ घन्टामा २ हजार ४८६ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म २ लाख ६ हजार २७१ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ६ हजार ५३४ परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७१ हजार १२ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ९ हजार ३० जना रहेको छ ।

प्रकाशित : असार १२, २०७७ १७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×