कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको मृत्यु

मोरङ — मोरङको कानेपोखरीमा जीपले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गको कानेपोखरी-७ मा बिहीबार राति भएको दुर्घटनामा एक महिला र दुई पुरुषको मृत्यु भएको हाे । 

जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रीको मृत्यु

झापाबाट पश्चिमतिर आइरहेको बा १४ च ९६४३ नम्बर जीपले विपरीत दिशाबाट गइरहेको मे १० प २७५६ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार पाँचथरको फिदिम नगरपालिका २ का ३८ वर्षीय गजेन्द्रकुमार गुरुङ र झापाको बुद्धशान्ति गाउँपालिका ४ का ३३ वर्षीय लोकेन्द्रकुमार लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रित भएको गाडीले पैदलयात्री एक महिलालाई ठक्कर दिएको थियो । ठक्करले अन्दाजी ४० वर्षीया ती महिलाको पनि मृत्यु भएको छ। उनको नाम खुलेको छैन ।

जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : असार १२, २०७७ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?