१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

तेह्रथुममा हतियारसहित युवक पक्राउ

विराटनगर — तेह्रथुममा हतियारसहित एक युवा पक्राउ परेका छन् । लालीगुराँस नगरपालिका ७ बाट भरुवा बन्दुकसहित स्थानीय २२ वर्षीय लालबहादुर तामाङ पक्राउ परेका हुन् । उनले घरमा लुकाएर बन्दुक राखेको भन्ने सूचना पाएपछि प्रहरीको टोली पुगेको थियो । 

लसुनेस्थित प्रहरी चौकीबाट उनको घर पुगेको टोलीले भरुवा बन्दुक बरामद गरेको जनाइएको छ ।

बन्दुक लुकाएर राख्ने युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रकाशित : असार ६, २०७७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?