कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोलुखुम्बुमा बाबुको हत्या आरोपमा युवक पक्राउ

विराटनगर — बाबुको हत्या गरेको आरोपमा सोलुखुम्बुमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर ४ का १९ वर्षीय कुबेर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

सोलुखुम्बुमा बाबुको हत्या आरोपमा युवक पक्राउ

बिहीबार राति घरायसी विवादका क्रममा उनले ५७ वर्षीय बाबु सन्तकुमारलाई आगो फुक्ने फलामे ढुंग्रोले हानेर हत्या गरेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

ढुंग्रोले टाउकोमा प्रहार गरिएका सन्तबहादुरको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको टोली गएर ती युवकलाई नियन्त्रणमा लिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७७ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?