कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापामा संक्रमण पुष्टि भएका सबै पुरुष

अर्जुन राजवंशी

बिर्तामोड — झापामा पुरुषमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शुक्रबारसम्म संक्रमण पुष्टि भएका सबै १ सय ३६ जना पुरुष मात्र रहेका छन् ।

झापामा संक्रमण पुष्टि भएका सबै पुरुष

झापामा करिब ५ हजार जनाको स्वास्थ्य परीक्षण गरिएको छ । उनीहरुमध्ये ३ हजार २२ जनाको पीसीआर तथा एक हजार ९ सय ४५ जनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट स्वास्थ्य परीक्षण गरेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । उनका अनुसार २ हजार ५ सय ४४ पुरुष तथा ४ सय ७८ जना महिलाको पीसीआर परीक्षण गरिएको छ । १ हजार ६ सय ५ पुरुष र ३ सय ४० जना महिलाको आरडीटी गरिएको छ । स्वास्थ्य परीक्षण गरिए पनि अहिलेसम्म महिलामा संक्रमण पुष्टि नभएको चम्लागाईले बताए ।

जिल्लाको १५ मध्ये ९ पालिकामा संक्रमण पुष्टि भएको छ । एक जनाबाहेक सबै भारतबाट फर्किएकामा संक्रमण देखिएको हो । रोजगारीको सिलसिलामा भारतको मुम्बई, दिल्ली, केरला, उत्तर प्रदेशलगायत स्थानबाट फर्किएकामा संक्रमण देखिएको हो । सबैभन्दा बढी कचनकवल गाउँपालिकाका १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भारतबाट लुकीछिपी नेपाल भित्रिएका हुन् ।

संक्रमितमध्ये २२ जना उपचारपछि घर फर्किएका छन् । संक्रमण देखिन थालेपछि जिल्लामा पीसीआर परीक्षणलाई तीव्रता दिइएको छ । पालिकास्तरमा स्वाब नमुना संकलन गरी जिल्लाबाट दैनिक करिब दुई सय नमुना पीसीआर परीक्षणका लागि धरान र बिराटनगरका प्रयोगशालामा पठाउने गरेको चम्लागाईले बताए । अझै करिब ६ सय जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

प्रकाशित : जेष्ठ २४, २०७७ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?