कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इटहरीका बजार बिहीबारदेखि खुल्ने

सुम्निमा चाम्लिङ

इटहरी — सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रका बजार बिहीबारदेखि खुल्ने भएका छन् । स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर बजार खोलिने भएको हो ।

इटहरीका बजार बिहीबारदेखि खुल्ने

बुधबार बसेको इटहरी उपमहानगरपालिका, उद्योग वाणिज्य संघ इटहरी साथै स्थानीय प्रशासनबीचको बैठकले बजार खोल्ने निर्णय गरेको हो ।

सामाजिक दूरी कायम गर्ने गरी बिहान ७ बजेदेखि १० बजेसम्म बजार खोल्न पाइने उपमहानगरले जनाएको छ । इटहरीमा निजी सवारीसाधनसमेत चलाउन पाइने भएको छ ।

सरकारले कोरोना संक्रमण फैलन नदिन लागू गरेको लकडाउनका कारण नगरमा अत्यावश्यक पसल र औषधि पसलहरु मात्र खुल्दै आएका छन् ।

शैक्षिक संस्था, होटल, मन्दिर, शैलुन, ब्युटीपार्लर, फिटनेस क्लब, सिनेमा हल लगायत बाक्लो जमघट हुने स्थानहरु भने खुल्ने छैनन् ।

प्रकाशित : जेष्ठ २१, २०७७ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?