कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

मलामी गएका युवकको खोलाले बगाएर मृत्यु

ताप्लेजुङ — पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरका कुमार बस्नेतको कोबेली खोलाले बगाएर मृत्यु भएको छ ।

मंगलबार स्थानीय भवानी रिजालको मलामी गएका उनी पौडी खेल्न खोलामा पसेका थिए । त्यहीबेला बगाएको प्रत्यक्षदर्शी समिर अधिकारीले जानकारी दिए ।

बस्नेतसँगै रहेका अर्का व्यक्तिले करिब एक किलोमिटर तल पुऱ्याएपछि निकालेका थिए । तर उनको मृत्यु भइसकेको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरले पोस्टमार्टमको तयारी गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ २१, २०७७ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?