कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपचारको बहानामा यौन दुर्व्यवहार गर्ने पक्राउ

इटहरी — उपचार गर्ने बहानामा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

उपचारको बहानामा यौन दुर्व्यवहार गर्ने पक्राउ

मोरङको मिक्लाजुङ ३ की १३ वर्षीया बालिकाको दाँतको उपचार गर्न भनी एक्स-रे गर्ने बहानामा दुर्व्यवहार भएको भन्दै उजुरी परेपछि प्रहरीले मेडिकल सञ्चालक विजय महतोलाई पक्राउ गरेको हो ।

सर्लाहीको ईश्वरपुर घर भइ मिक्लाजुङमा हिमाल डेन्टल क्लिनिक सञ्चालन गर्दै आएका महतोविरुद्ध प्रहरीले अनुसन्धानसँगै मुद्दा कारबाही अघि बढाएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार उपचारको बहानामा दुर्व्यवहार गरेको भन्ने अभिभावकको उजुरी आएपछि उनलाई पक्राउ गरिएको हो ।

प्रकाशित : जेष्ठ २०, २०७७ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?