कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इटहरीमा छुरा प्रहारबाट युवकको मृत्यु

सुम्निमा चाम्लिङ

इटहरी — इटहरीमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार राति ११ बजे इटहरी उपमहानगरपालिका–२० तरहराका ३० वर्षीय राजन राईको छुरा प्रहारबाट मृत्यु भएको हो ।

प्रहरीका अनुसार ५ जनाको समूह बसेर मदिरा सेवन गरेको समयमा सामान्य विवादका कारण राईमाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रज्वल तामाङका समूहले एकता टोलमा राईमाथि आक्रमण गरेको थियो ।

घाइते राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । घटनामा संलग्न तीन जना फरार रहेका छन्।

प्रकाशित : जेष्ठ १९, २०७७ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?