कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ मा संक्रमितको संख्या १ सय ५८ पुग्यो

सबैभन्दा बढी झापाका १०७ मा संक्रमण
माधव घिमिरे

विराटनगर — प्रदेश १ मा संक्रमितको संख्या १ सय ५८ पुगेको छ । शुक्रबार झापाका थप २८ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा १४ जिल्लामध्ये ८ जिल्लामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा संक्रमितको संख्या १ सय ५८ पुग्यो

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा झापाको केचनाकवलका २७ र भद्रपुरका एकजनामा संक्रमण पुष्टि भएको प्रदेश सरकारले जनाएको छ । यसअघि बिहीबार झापा कचनाकवलकै २५ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रदेश १ को सबैभन्दा बढी संक्रमण झापामा देखिएको छ । त्यहा“ शुक्रबार सा“झसम्म संक्रमितको संख्या १ सय ७ पुगेको छ । उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ५, सुनसरीमा ३ र भोजपुर, खोटाङ र सोलुखुम्बुमा एक–एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये ३० जना उपचारपछि निको भएर डिस्चार्ज गरिएका छन् । उपचारमा ६ महिलनासहित १ सय १ जना रहेको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । डिस्चार्ज भएकामा उदयपुरका ३३ मभ्ये २७ जना, झापाका दुईजना र भोजपुरका एकजना छन् ।

झापाको केचनाकवलमै मात्र शुक्रबार थपिएकासहित संक्रमण हुनेको संख्या सय पुगेको छ । उक्त स्थानमा रहेका २५ जनामा बिहीबार संक्रमण पुष्टि भएको थियो । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण देखिएपछि उक्त स्थानबाट अढाइ सयभन्दा बढी व्यक्तिको स्वाब नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । अरुको रिपोर्ट आउन बाँकी छ ।

भारतबाट आएका समूहमध्ये सुरुमा एक युवकका संक्रमण पुष्टि भएको थियो । त्यसपछि थप व्यक्तिहरुको नमुना संकलन गरी परीक्षणको काम भइरहेको प्रदेश सरकारले जनाएको छ । उक्त स्थानमा देखिएका अधिकांश संक्रमित भारतबाट आएकाहरु छन् ।

प्रकाशित : जेष्ठ १६, २०७७ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?