२०५० जेठ ३ अर्थात आजकै दिन चितवनको दासढुंगामा भएको एउटा चर्चित ‘दुर्घटना’ हत्या हो वा होइन भन्ने यकिन नभएर अझै पनि ‘रहस्यमय’ छ । ताप्लेजुङको ढुंगेसाँघुमा देवीप्रसाद भण्डारी र माता चन्द्रकुमारीको माहिला छोराका रूपमा २००९ असार १४ गते जन्मेका मदन भण्डारीले अल्पायुमै संसार छाडे पनि नेपाली राजनीतिमा एउटा बेग्लै आकर्षक व्यक्तित्वका रुपमा छाप छाडे ।
विराटनगर महानगरपालिका सुरु हुने प्रवेशद्वारनजिकै रहेको बूढीगंगा गाउँपालिकास्थित आरती स्ट्रिप्स प्रालिका ५१ जना मजदुर–कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरमा मात्रै संक्रमणबाट ७ जनाले ज्यान गुमाइसकेका छन् । साउन १६ देखि भदौ ५ सम्म महानगरपालिकाले विराटनगरभर लकडाउन घोषणा गरेको छ ।
कोरोना भाइरस संक्रमण पुष्टि भएर आइसोलेसनमा राखिएका १० जना निको भएर घर फर्केका छन् । प्रदेश १ का संक्रमितमध्ये निको भएर घर फर्कनेको संख्या २ सय ३४ पुगेको छ ।
सरकारको कामप्रति असन्तुष्टि जनाउँदै बिहीबार प्रदेश १ को राजधानी विराटनगरमा पनि प्रदर्शन गरिएको छ । युवाहरुले कोरोना भाइरस संक्रमणका नाममा खर्च भएको १० अर्बको हिसाब माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
शंकास्पद संक्रमित व्यक्तिको स्वाब नमुना परीक्षण गर्दा प्रदेश १ का थप नयाँ स्थानमा संक्रमण पाइएको छ । पीसीआर परीक्षणका क्रममा सुनसरी सदरमुकाम इनरुवा, झापाको अर्जुनधारालगायत स्थानका व्यक्तिमा संक्रमण पाइएको हो ।
कोरोना संक्रमण रोक्न लागू गरिएको लकडाउनका कारण अप्ठ्यारोमा परेपछि भारतमा रहेका नेपाली आउने क्रम जारी छ । सीमा–नाकानजिक आएका उनीहरूलाई प्रहरीले नेपाल भित्र्याउने गरिरहेको छ ।
प्रदेश १ मा संक्रमितको संख्या १ सय ६० पुगेको छ । १४ जिल्लामध्ये ९ वटामा संक्रमण पुष्टि भएको छ । शनिबार संखुवासभाका दुई र झापाका एकजनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश १ मा संक्रमितको संख्या १ सय ५८ पुगेको छ । शुक्रबार झापाका थप २८ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा १४ जिल्लामध्ये ८ जिल्लामा संक्रमण देखिएको छ ।