कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हत्यामा आरोपमा वडाध्यक्ष जेल चलान

विराटनगर — एक व्यक्तिको हत्या घटनासँग जोडिएका विराटनगर महानगरपालिका १८ का वडाध्यक्ष सञ्जयकुमार साहलाई अदालतले कारागार चलान गरेको छ ।

हत्यामा आरोपमा वडाध्यक्ष जेल चलान

विराटनगर १४ जतुवाका ५५ वर्षीय शमानन्द यादवको हत्या घटनामा उनी मुछिएका थिए । हत्या घटनापछि उनी फरार थिए । बुधबार जिल्ला अदालत मोरङमा आफैं उपस्थित भएका हुन् ।

मुख्य न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलाशले साहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । हत्या घटनामा संलग्ना रहेको भनिएका वडाध्यक्ष साहसहित १० जना फरार थिए ।

गत वर्षको जेठ अन्तिम साता शमानन्दमाथि कुटपिट भएको थियो । विवाह विषयको विवादमा पिटिएका उनको असार २६ गते मृत्यु भएको थियो । मृतकका परिवारले वडाध्यक्ष साहसहितको नाम किटानी गरी प्रहरीमा जाहेरी दिएका थिए ।

यही घटनामा संलग्न रहेको आरोप लागेका जहदा १ का वडाध्यक्ष प्रदीचन्द्र यादव र विराटनगर १४ का दिपेश यादवलाई यसअघि नै पुर्पक्ष्ँका लागि अदालतले थुनामा पठाइसकेको छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?