कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्वरो समेत नजाँची आए हजार बढी नेपाली

पर्वत पोर्तेल

काँकडभिट्टा — मेचीपारि अलपत्र करिब एक हजार नेपालीलाई मंगलबार सामान्य ज्वरो समेत परीक्षण नगरी भित्र्याइएको छ । भारतीय सुरक्षा संयन्त्रको समन्वयमा उनीहरुलाई मेची पुलमुनीको बाटोबाट भित्र्याइएको हो ।

ज्वरो समेत नजाँची आए हजार बढी नेपाली

भारतको विभिन्न सहरमा कार्यरत श्रमिक, विद्यार्थी लगायत हजार बढीलाई सामान्य ज्वरो समेत नजाँची भित्र्याइएको हो । ‘यत्रा मान्छेलाई जाँच गर्ने सम्भावना नै देखिएन’, नाकामा नेपालीहरुको उद्धारमा खटिएका एक सुरक्षाकर्मीले भने,‘अब सम्बन्धित जिल्लामा उनीहरुको स्वास्थ्य परीक्षण हुने छ ।’

भारतको पानीट्यांकी, नक्सलवारी, सिलिगुडी आदि क्षेत्रमा अलपत्र उनीहरु मंगलबार बिहानदेखि भित्र्याइएको थियो । झापासहित विभिन्न जिल्लाका उनीहरुलाई गाडी रिजर्भ गरेर सम्बन्धित जिल्ला पठाइएको छ ।

मेचीनगरका मेयर विमल आचार्यका अनुसार झापाका नागरिकलाई सम्बन्धित पालिकाहरुले बुझेर क्वारेन्टाइनममा राख्‍ने छन् । जिल्ला बाहिरकालाई गाडी रिजर्भ गरी पठाइएको छ । भारतबाट फर्किएकाले गाडी भाडा समेत आफैं तिर्ने सर्तमा पठाइएको हो ।

प्रकाशित : जेष्ठ १३, २०७७ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?