कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रयाक्टरबाट लडेर युवकको मृत्यु

विराटनगर — पूर्वपश्चिम राजमार्गको मोरङ खण्डमा ट्रयाक्टरबाट लडेर सोमबार एक युवकको मृत्यु भएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका ५ मा ट्रयाक्टरबाट लडेर स्थानीय २७ वर्षीय प्रवीण राईको मृत्यु भएको प्रहरीले जनाएको छ । को २ त २४५९ नम्बर ट्रयाक्टरमा सवार उनी अचानक लडेर सख्त घाइते भएका थिए ।

प्रहरीका अनुसार उपचारका लागि लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको हो ।

प्रकाशित : जेष्ठ १२, २०७७ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?