कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

ताप्लेजुङ — पाँचथरको चिलिङदिन प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार नवीन बस्नेतको दुर्घटनामा मृत्यु भएको छ । मेची राजमार्गको राँकेमा आइतबार दुर्घटनामा परी उनको ज्यान गएको हो ।

दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

इलामबाट पाँचथर आउँदै गरेको मे१ख १८६३ नम्बर ट्रकले ठक्कर दिँदा मे ११ प ४६६ नम्बरको मोटरसाइकलमा सवार बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

झापाको अर्जुनधारा ५ घर भएका बस्नेत मेची राजमार्गमा ट्रक र एम्बुलेन्सले मान्छे ल्याएर राँके नजिकै देउमाइमा ल्याएर छाड्ने गरेको सूचनाका आधारमा त्यहाँ जाँच गर्न जाँदै गर्दा दुर्घटनामा परेका थिए ।

ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको र बस्नेतको शव पोस्टमार्टमका लागि इलाम अस्पताल पठाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७७ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?