कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट आएका २३ जनालाई क्‍वारेन्टाइनमा राखियो

दीपेन्द्र शाक्य

संखुवासभा — रुपन्देहीको सुनवल नाकाबाट भित्रिएका संखुवासभाका २३ जनालाई उद्दार गरिएको छ । उनीहरु लुकेर सुनवल नाका हुँदै रुपन्देही आइपुगेका थिए ।

अलपत्र परेकालाई स्थानीय तहको पहलमा उद्दार गरिएको हो । उनीहरु रातारात भागेर भारतबाट २४ दिन अघि सुनौल नाका हुँदै नेपाल प्रवेश गरेका थिए । भारतबाट लकडाउन छल्दै नेपाल प्रवेश गरेका उनीहरुलाई रुपन्देही प्रशासनले क्वारेन्टाइनमा राखेको थियो ।

रुपन्देही प्रशासनले जिल्लामा राख्ने क्वारेन्टाइन भरिएपछि संखुवासभालाई आफ्ना नागरिक लैजान अनुरोध गरेको थियो । नाकामा क्वारेन्टाइन भरिएर राख्ने ठाउँ नभएपछि उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए ।

उनले उनीहरुलाई स्थानीय तहसँग समन्वय गरेर जिल्ला ल्याइएको बताए । उनका अनुसार भारतमा रेल सेवा खुलेपछि उनीहरु सीमानाकासम्म आएका थिए । त्यसपछि स्वास्थ्य परीक्षण गरेर रुपन्देही ल्याइएको थियो । संखुवासभा आइपुगेका २३ जनाकै अहिले पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । आरडीटी परीक्षण गरेर उनीहरुलाई जिल्ला ल्याइएको पनि प्रजिअ दुलालले बताए ।

जिल्ला ल्याइएकामध्ये मादीका ९, चैनपुरका ५ र खाँदबारी नगरपालिका १ जनालाई धर्मदेवी नगरपालिका–४ पिलुवामा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । पाँचखपन नगरपालिकाका ७ जनालाई पाँचखपनकै क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै सभापोखरीका १ जनालाई सभापोखरीकै क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबैलाई आ–आफ्नो गाउँ र नगरपालिकाको खर्चमा उद्दार गरिएको मादी नगर प्रमुख विदुर लिङ्थेपले बताए ।


प्रकाशित : जेष्ठ ११, २०७७ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?