कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ का ७ जिल्लामा ८६ जनालाई कोरोना संक्रमण

माधव घिमिरे

विराटनगर — शनिबार एकजना थपिएसँगै प्रदेश १ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८६ पुगेको छ । सबैभन्दा बढी झापामा संक्रमित पुष्टि भएका छन् । त्यहाँ ३६ जनामा संक्रमण पुष्टि भएको छ । अधिकांश भारतबाट आएकाहरु हुन् ।

प्रदेश १ का ७ जिल्लामा ८६ जनालाई कोरोना संक्रमण

प्रदेशका १४ मध्ये ७ जिल्लामा संक्रमित पुष्टि भएको छ । झापाको केचनाकवलमै मात्र ३३ जना संक्रमित भेटिएका हुन् । अरु दमक, बाह्रदशी र झापा गाउँपालिकाका हुन् । अधिकांश भारतबाट आएकाहरुमा संक्रमण देखिएको प्रदेश सरकारले जनाएको छ ।

झापापछि उदयपुरमा पुष्टि भएका संक्रमितको संख्या ३३ छ । यस्तै, धनकुटामा ७, मोरङका ५, सुनसरीका ३, खोटाङ र भोजपुरका १–१ रहेको प्रदेश सरकारले जनाएको छ । संक्रमितहरुलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिँदै आएको छ । त्यहाँ राखिएकामध्ये २६ जना डिस्चार्ज भएका छन् ।

प्रदेशभर ४ हजारभन्दा बढीको पीसीआर परीक्षण भइसकेको छ । कोभिड—१९ को नियन्त्रण, उपचार व्यवस्थाका लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताहरुको समेत बढाइने भएको छ ।

भारतबाट आउने क्रम नरोकिएसँगै प्रदेश सरकारले थप विभिन्न स्थानमा क्वारेन्टाइन स्थापना गर्ने भएको छ । कोभिड—१९ को परीक्षण कार्ययोजना स्विकृत गरेसँगै प्रदेशभर संक्रमित पहिचानका लागि परीक्षणको दायरा पनि बढाइने भएको छ ।

प्रदेशमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरुको व्यवस्थापन गर्र्ने संयुक्त कार्ययोजना बनाइएको छ । यस अनुसार इलाम, झापा, मोरङ र सुनसरीमा ‘होल्डिङ्ग एरिया’ पहिचान गरी निर्माण थालिएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । होल्डिङ्ग एरियामा १५ हजार शय्या रहने जनाइएको छ । इलाममा २ हजार, झापामा ४ हजार, मोरङमा ५ हजार र सुनसरीमा ४ हजार शय्या तयार गरिंदै छ ।

प्रकाशित : जेष्ठ १०, २०७७ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?