कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घूस दिएको आरोपमा सिँचाइ डिभिजन प्रमुख पक्राउ

माधव घिमिरे

विराटनगर — प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घूस दिएको आरोपमा जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झा पक्राउ परेका छन् ।

घूस दिएको आरोपमा सिँचाइ डिभिजन प्रमुख पक्राउ

अख्तियार दुरुपयोग नियन्त्रण आयोगको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम दिन खोजेको आयोगले जनाएको छ । आयोगका अनुसार कर्मचारीले लिन नमानेपछि झाले रकम खाममा हालेर कार्यकक्षको टेबलको घर्रामा राखिदिएका थिए । झाले आफूले पौडेललाई १० हजार नगद खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्वीकार गरेको बयान दिएका छन् ।

आफूलाई जबर्जस्ती रकम दिन खोजको भन्दै पौडेलले भष्ट्राचारजन्य कसुरमा सजाय गराई पाउँ भनी निवेदन दिएका थिए । यो जानकारी पाएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले घटनामा संलग्नलाई अख्तियारमा बुझाउन निर्देशन दिएका थिए । लगत्तै अख्तियारको इटहरीस्थित कार्यालयको टोलीले झालाई पक्राउ गरेको हो ।

प्रकाशित : जेष्ठ ७, २०७७ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?