कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कचनकवलका दसै संक्रमित एकै टाेलीका

भारतसँग सीमा जोडिएका ५ वटा वडा सिल गर्ने तयारी
पर्वत पोर्तेल

काँकडभिट्टा — झापाको कचनकवलमा आज थपिएका ९ जना कोरोना संक्रमित सोमबार पुष्टि भएका २३ वर्षीय पुरुषसँगै भारतबाट आएको खुलेको छ । उनीहरू गत शनिबार पाठामारी नाकाबाट नेपाल प्रवेश गरेका हुन् ।

कचनकवलका दसै संक्रमित एकै टाेलीका

गाउँपालिका अध्यक्ष अन्जार आलमले संक्रमितहरू दिल्ली र मुम्बईबाट काम गरेर फर्किएकाहरू रहेको बताए । यो टोलीसँगै आएका सबैलाई कचनकवल–६ स्थित पथरिया माविको क्वारेन्टाइनमा राखिएको थियो । उनीहरू सबैको स्वाब परीक्षणका लागि विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड–१९ उपचार केन्द्रमा लगिएको थियो । क्वारेन्टाइनमा रहेका केहीको स्वाब नतिजा आउन बाँकी छ ।

झापाका प्रहरीप्रमुख एसपी कृष्ण कोइरालाले भारतसँग सीमा जोडिएका १ देखि ५ नम्बरसम्मका वडा सिल गर्ने तयारी भइरहेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी संयोजक रहने जिल्ला विपद् व्यवस्थापन समितिको बैठक जारी छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला अनुगमन तथा व्यवस्थापन समितिका संयोजक सोमनाथ पोर्तेलले संक्रमितहरूलाई उपचारका लागि विराटनगर लैजाने तयारी भइरहेको जनाए ।

प्रकाशित : जेष्ठ ६, २०७७ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?