नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका वडा अध्यक्ष उम्मेदवार हरि नेउपानेको प्यानल नै विजयी भएको हो ।
देहाती गाउँ बुद्धशान्तिका किसानबाट संकलित सुपारी प्रशोधन गर्दै थिए, ७४ वर्षका नारायणप्रसाद रिजाल । सुपारी प्रशोधन गरी बजार पठाउने र त्यहाँबाट प्राप्त थोरै आम्दानीले उनी खुसी थिए ।
पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर ९ पोकापाडा बस्ने अन्दाजी ६५ वर्षका धनसिंह राजवंशीको मृत्यु भएको हो ।
भारतको पश्चिम बंगाल राज्य विधानसभा निर्वाचनअन्तर्गत शनिबार नेपालीभाषी बाहुल्य दार्जीलिङ र कालिम्पोङसहित उत्तर बंगालका तीन जिल्लाहरुमा एक साथ मतदान सुरु भएको छ ।
झापामा एक बिरामीको अस्पताल चाहर्दाचाहर्दै मृत्यु भएको छ । कनकाई नगरपालिका–५ का १७ वर्षीय रोशन सुनारको यहाँका विभिन्न अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको हो ।
सुनसरीका आशा भट्टराई र सुनैना बस्नेत व्यापारिक कामको सिलसिलामा लकडाउनअघि नै दिल्ली पुगेका थिए । फर्किने बेलामा भारत र नेपाल दुवैतिर लकडाउन सुरु भइसकेको थियो । अन्ततः दिल्लीमै अलपत्र परे ।
झापाको कचनकवलमा आज थपिएका ९ जना कोरोना संक्रमित सोमबार पुष्टि भएका २३ वर्षीय पुरुषसँगै भारतबाट आएको खुलेको छ । उनीहरू गत शनिबार पाठामारी नाकाबाट नेपाल प्रवेश गरेका हुन् ।
झापाको कचनकवल–१ घेराबारीको झन्डुगाउँमा रहेको सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट भारतीय समूहले भत्काइदिएको छ । शनिबार बेलुकी ८ बजेतिर आएका सय जनाजतिले पोस्ट भत्काएका हुन् ।
गुल्मीका इन्द्र बोहरासहित ९ जनाको टोली कामको सिलसिलामा भारतको सिलिगुडी गएका थिए । लकडाउनको अघिल्लो दिन राति फर्किए । काँकडभिट्टाको एक होटलमा बसेर बिहानै घर फर्किने योजनामा उनीहरू त्यहाँ बसेका थिए । तर, कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न मुलुकमा लकडाउन सुरु भएसँगै सबै उनीहरू घर फर्किन पाएनन् । होटलमै अड्किए ।