कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दमक-१ मा एमालेको जित

पर्वत पोर्तेल

झापा — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका वडा अध्यक्ष उम्मेदवार हरि नेउपानेको प्यानल नै विजयी भएको हो ।

दमक-१ मा एमालेको जित

मत परिणाम अनुसार अध्यक्षमा नेउपानेले १ हजार २ सय ८८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तारा अधिकारीले १ हजार २ सय ६३ मत ल्याएका थिए ।

यसैगरी महिला सदस्यमा तारा खपतरी र दलित महिला सदस्यमा नविना मोहोराले क्रमशः १ हजार ३ सय १६ र १ हजार ३ सय ९ मत ल्याएका छन् । खुला सदस्यमा रघुवीर बुढाथोकी र राजकर्ण राईले क्रमशः १ हजार २ सय ६६ र १ हजार २ सय २९ मत ल्याएर निर्वाचित भएका छन्।

प्रकाशित : जेष्ठ १, २०७९ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?