कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापामा संक्रमितको संख्या ३ पुग्यो

पर्वत पोर्तेल

काँकडभिट्टा — थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै झापामा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । एक उपचारपछि घर फर्किएका छन् ।

झापामा संक्रमितको संख्या ३ पुग्यो

यसअघि दमक नगरपालिका र वाह्रदशी गाउँपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चम्लागाईले कचनकवल गाउँपालिका ६ का २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जनाए । चम्लागाईका अनुसार उनी चार दिनअघि भारतको मुम्बईबाट आएका थिए । उनमा केही दिनअघि आरडीटी पोजिटिभ देखिएपछि पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको थियो ।

प्रकाशित : जेष्ठ ५, २०७७ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?