कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चट्याङले लागेर वृद्धको मृत्यु 

डिल्लीराम खतिवडा

उदयपुर — जिल्लाको कटारी नगरपालिका–३ राजावसमा बिहीबार साँझ चट्याङले लागेर एक वृद्धाको मृत्यु भएको छ । घर नजिकैको ककुर खोलामा गाईवस्तु चराउँदै गरेका ६१ वर्षीय लिलबहादुर सुनुवारको वर्षात्‌सँगै परेको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

चट्याङले लागेर वृद्धको मृत्यु 

गाईवस्तु घर आए पनि गोठालो गएका लिलबहादुर नफर्किएपछि खोज्न जाँदा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक प्रेमसागर केसीले बताए । उनका अनुसार सुनुवारको छातीमा चट्याङको दाग देखिएको छ ।


प्रकाशित : जेष्ठ १, २०७७ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?