कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आरडीटी पोजिटिभ देखिएका दुई जनाको पीसीआर रिपोर्ट नेगेटिभ

डम्बरसिं राई

खोटाङ — साकेला गाउँपालिका–२ रतन्छाका आरडीटी पोजिटिभ देखिएका दुई जनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । सोमबार आरडीटी गर्दा ५८ र २३ वर्षीयमा पोजिटिभ देखिएपछि विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा मंगलबार पीसीआर गर्दा नेगेटिभ देखिएको हो ।

आरडीटी पोजिटिभ देखिएका दुई जनाको पीसीआर रिपोर्ट नेगेटिभ

साकेला माविमा बनाइएको क्‍वारेन्टाइनमा रहेका उनीहरुलाई घर पठाउने तयारी गरिएको साकेला गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले बताए । ‘आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि साकेला गाउँपालिकावासी आतङ्कित भएका थिए’, अध्यक्ष खड्काले भने, ‘पीसीआर रिपोर्ट नेगेटिभ देखिएपछि भने मन हल्का भएको छ ।’

प्रकाशित : वैशाख ३०, २०७७ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?