कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

संखुवासभाकी एक महिलामा आरडीटी पोजिटिभ

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा एक जना महिलाको ऱ्यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएको छ ।

संखुवासभाकी एक महिलामा आरडीटी पोजिटिभ

३० वर्षीया ती महिलामा आइतबार गरिएको ऱ्यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएको हो । अब उनको स्वाबको पीसीआर परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठका अनुसार ती महिलाको सोमबार बिहान स्वाव संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको छ ।

सोमबार पहिलो चरणमै परिणाम आउने उनले बताए । ऱ्यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिए पनि आत्तिहाल्ने अवस्था नरहेको सूचना अधिकारी श्रेष्ठले बताए । ती महिलालाई नुनढाकीमा रहेको क्वारेन्टाइनमा छुट्टै राखिएको छ ।

प्रकाशित : वैशाख २९, २०७७ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?