कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकालु आधार शिविरबाट युक्रेनी नागरिकको उद्धार

दीपेन्द्र शाक्य

संखुवासभा — मकालु आधार शिविरको भ्रमणका क्रममा करिब एक महिनादेखि अलपत्र परेका विदेशीको उद्धार गरिएको छ । गत चैत २ गते मकालु आधार शिविरको भ्रमण गर्न आएका २६ वर्षीय युक्रेनी नागरिक अर्टेम सुहोनियाकिनको उद्धार गरिएको हो ।

युवा विकास केन्द्रको आपत्कालीन प्रतिकार्य केन्द्रको व्यवस्थापन र जिल्ला समन्वय समितिको पहलमा उद्धार गरिएको प्रमुख सुमन शाक्यले बताए । मकालु आधार शिविरको भ्रमणमा आएका उनी लकडाउनका कारण अलपत्र परेका थिए । उनलाई चैत २२ गते प्रहरीले उद्धार गरी जिल्ला प्रहरी कार्यालयले खानाको व्यवस्था गरी होटल खाादबारीमा राखेको थियो ।

सुहोनियाकिनलाई सोमबार पूर्वाधार विकास कार्यालयको सवारीसाधनमा इटहरीसम्म पठाइएको हो । उसलाई इटहरीबाट युवा विकास केन्द्रको अर्को गाडी व्यवस्था गरेर काठमाडौं पुऱ्याउने युवा विकास केन्द्र संखुवासभाका संयोजक विजय कार्कीले बताए ।

प्रकाशित : वैशाख २९, २०७७ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?