१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

श्रीमतीबाट श्रीमानको हत्या

धनकुटा — धनकुटाको छथर जोरपाटी गाउँपालिका ४ पानीट्यांकीमा श्रीमतीबाट श्रीमानको हत्या भएको छ ।

स्थानीय ४७ वर्षीय इन्द्रबहादुर लिम्बूलाई उनकी श्रीमती ३७ वर्षीया श्रीमती धनमायाले घरेलु हतियार र दाउरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका दुवैबीच विवाद भएपछि आइतबार राति हत्या भएको प्रारम्भीक अनुसन्धानले पुष्टि गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शनप्रसाद कोइरालाले जानकारी दिए ।

सुँगुर बिक्री गरेको विषयमा दुवैबीच आइतबार साँझ कुटपिट भएपछि छिमेकीले छुट्याएका थिए । आइतबार बिहान लिम्बूको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा र प्रहरी कार्यालय सिधुवाबाट खटिएको प्रहरी टोलिले शव र घटनास्थलको वस्तुस्थिति मुचुल्काका आधारमा हत्या गरिएको पुष्टि भएको जनाइएको छ ।

मृतक लिम्बूको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको र घटनामा संलग्‍न धनमायालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ८, २०७७ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?