कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोटाङमा एक सातासम्म नाकाबन्दी गरिने

डम्बरसिं राई

खोटाङ — कोभिड १९ संक्रमण बढ्दै गएपछि खोटाङमा एक साताका लागि नाका बन्द गर्ने निर्णय भएको छ । 

कोभिड १९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । समन्वय समिति संयोजक बबि चाम्लिङको अध्यक्षतामा बसेको बैठकले सोमबारदेखि जिल्ला भित्रने सबै नाकाहरु बन्द गर्ने, जिल्लामा स्वास्थ्य सामग्री अभाव हुँदा कोभिड १९ रोकथाम तथा नियन्त्रणमा समस्या भएकाले पीपीइ, ग्लोब्स्, स्यानीटाइजर, माक्स, थर्मल गनलगायत सामग्री माग गर्ने निर्णय भएको छ । जिल्ला अस्पतालमा चिकित्सक अभाव भएकाले माग गर्ने निर्णय भएको संयोजक चाम्लिङले बताए ।


कोभिड १९ बारे ग्रामीण भेगमा जानकारी नभएकाले गाउँ–गाउँमा जनचेतना फैलाउने कार्यक्रम गर्ने समेत निर्णय भएको छ । अन्यत्रबाट भागेर आउनेहरुलाई सिधै क्‍वारेन्टाइनमा राख्ने र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सबैको पहुँच विस्तार गर्न हेल्लो स्थानीय तह प्रमुख कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय भएको संयोजक चाम्लिङले बताए ।

प्रकाशित : वैशाख ७, २०७७ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?