कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेह्रथुमका १२ जनाको पीसीआर टेस्टमा रिपोर्ट नेगेटिभ

चन्द्र कार्की

तेह्रथुम — र्‍यापिड डाइग्नोष्टिक परीक्षण (आरडीटी) का क्रममा पोजिटिभ देखिएका तेह्रथुमको मेन्छ्यायाम गाउँपालिकाका ३ सहित अन्य १२ जनाको नतिजा नेगेटिभ आएको छ । 

तेह्रथुमका १२ जनाको पीसीआर टेस्टमा रिपोर्ट नेगेटिभ

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षणका क्रममा उनीहरु सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख डा योगराज घिमिरेले जानकारी दिए । शुक्रबार र शनिबार गरिएको परीक्षणमा उनीहरुलाई कोरोना भाइरसको एन्टिबडी पोजिटिभ देखिएपछि थप परीक्षणका लागि उनीहरुको स्वाब उक्त प्रयोगशालामा पठाइएको थियो ।

प्रयोगशालामा चेक गर्दा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य प्रमुख डा घिमिरेले बताए । मेन्छ्यायाम गाउँपालिकाका उनीहरु एकै परिवारका थिए । शुक्रबार र शनिबार भएको परीक्षणमा उनीहरु तीनै जनाको आरडीटी नतिजा पोजिटिभ देखिएको थियो । यी तीन जनासहित अन्य १२ जनाको प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा नतिजा नेगेटिभ आएको हो ।

अहिले जिल्लाभरका जोखिमयुक्त र संभावित क्षेत्रमा परीक्षण कार्य चलिरहेको स्वास्थ्यकर्मीको भनाइ छ । जिल्लामा आइतबार बेलुकी ५ बजेसम्म १ सय ९६ जनाको आरडीटी परीक्षण गरीएकोमा तीन जनाबाहेकको रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रकाशित : वैशाख ७, २०७७ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?