कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउन अवज्ञा गर्नेलाई सडकमा उभ्याएर दुई घण्टा प्रशिक्षण

एलिसा श्रेष्ठ

भोजपुर — जिल्लामा लकडाउन अवज्ञा गर्दै हिँड्नेलाई चोकचोकमा दुई घण्टा उभ्याइ कोरोनासम्बन्धी प्रशिक्षण दिन थालिएको छ । बिनाकाम बजारमा हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिई तीन मिटरको दूरीमा राखी दुई घण्टा उभाई कोरोना संक्रमणसम्बन्धी प्रशिक्षण दिने गरेको छ ।

लकडाउन अवज्ञा गर्नेलाई सडकमा उभ्याएर दुई घण्टा प्रशिक्षण

भोजपुरको चारभञ्ज्याङमा, च्याङविनि चोक र प्रहरी कार्यालयमा गरी दिउँसो दुई बजेसम्म ३० जनालाई नियन्त्रणमा लिई दुई घण्टा उभ्याएर कारबाही गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

आज लकडाउन उल्लंघन गर्ने पौवादुङ्मा गाउँपालिकाका अध्यक्ष किरण राई लगायत कृषि ज्ञान केन्द्रका कर्मचारीसमेत प्रहरीको कारबाहीमा परेका छन् । यसअघि पनि प्रहरीले विभिन्न ठाउँमा गरी ७७ जनालाई कारबाही गरिसकेको छ ।

प्रकाशित : वैशाख ३, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?